२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र र गणतान्त्रिक व्यवस्था विरोधी हुन्ः प्रधानमन्त्री

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र र गणतान्त्रिक व्यवस्था विरोधी हुन्ः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संविधानमा आँच पुराउने काम नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले संविधान अनुसार सरकारले गरेका सिफारिसलाई राष्ट्रपतिले मान्नुपर्ने भएकाले आफुले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गर्नुभएको भन्दै राष्ट्रपतिको भूमिकाको बचाउ गर्नुभयो । उहाँले राष्ट्रपतिले संविधानमाथि थिचोमिचो गर्ने काम नभएको भन्दै राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र र गणतान्त्रिक व्यवस्था विरोधी भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानमाथि कस्ले थिचोमिचो गर्यो ? बैकल्पिक सरकार बनाउन छोड्दा पनि संविधानमाथि थिचोमिचो हुन्छ ? मार्गप्रसस्त गरिदिंदा पनि थिचोमिचो हुन्छ ? म लिन्न (विश्वासकोमत)मैले हात उठाएँँ । म हार्छु । विश्वासको मत लिएँ भने म हार्छु । हारेपछि ५ मै जाने हो । ५ मै जानेहो भने जाउँ न त तपाईहरु सरकार बनाउनुहोस् । नीति,कार्यक्रम सबै पेश गर्नु भन्ने कुरा संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुन्छ ? लोकतन्त्र विरुद्ध हुन्छ ? संविधान विरुद्ध हुन्छ ? के यो आजको आवश्यकता विरुद्ध हुन्छ  ? ”

आफुले भनेजस्तो नभएपछि सरकार विरोधीहरुले राष्ट्रपतिको हुर्मत लिने काम गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “कोही राष्ट्रपतिलाई महाअभियोग लगाउन पर्छ भनेको छ ।  राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुष्ठा अथवा के हो यो ? संविधान अनुसार, प्रधानमन्त्रीले गरेको सिफारिस नै राष्ट्रपतिले मान्नुपर्छ । अनि राष्ट्रपति माथिको आक्रोश किन ? यो गणतन्त्र विरुद्धको खेल हो । राष्ट्रपतिको विरोध, गणतान्त्रिक संस्था, गणतान्त्रिक प्रणाली र गणतन्त्रको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक हो राष्ट्रपति । गणतान्त्रिक प्रणाली माथिको विरोध हो । राष्ट्रपतिको हुर्मत लिने काम,राष्ट्रपतिको अपमान गर्ने काम, राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम , आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थ अनुसार भएन भने राष्ट्रपतिका संबैधानिक सिमा र काम कर्तव्यहरु त बुझ्न पर्छ होला नि । ”

उहाँले आफुले गरेको निर्णयमा आफु जवाफदेही भएको भन्दै अनावश्यक रुपमा आवेश र उत्तेजनामा नआउन पनि आग्रह गर्नुभयो । उहाँले केही नेताहरुमा आफुले भने जस्तो नभए प्रतिगमन देख्ने प्रवृत्ति हावी भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “म जवाफदेही छु प्रधाननमन्त्रीको हैसियतले । मैले गरेको सिफारिस प्रति म जवाफदेही छु । बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त गरेर सरकार बनाउनु भन्दा कसरी प्रतिगमन भयो ? अहिलेका सरकारका विरोधीहरुलाई एकजुट भएर सरकारलाई विस्थापित गर्ने बाटो खोलिदिएको छ । गर्नुहोस् । भनेजस्तो भएन भने प्रतिगमन देख्नुहुन्छ । ”

उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दे लोकतन्त्र सग पराजित भएकाले आफुलाई लोकतन्त्रको पाठ सिकाएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “ती मान्छेले लोकतन्त्र सिकाउने ? जो लोकतन्त्रका विरुद्ध लडेर,लोकतन्त्रलाई पराजित गर्न नसकेर, लोकतन्त्रले पराजित गरेपछि लोकतन्त्रलाई आधा मनले स्वीकारेर चलिराखेका छन् तीनै मान्छेले लोकतन्त्र पढाउने ? ”