२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको चापागाउँ दोबाटोस्थित बीच सडकमा ट्राफिक प्रहरी कुट्ने युवक पक्राउ परेका छन् ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि निर्घात कुटपिट गर्ने ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने एसपी कार्कीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।