२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

१०० किलो सुन तस्करी प्रकरणमा जाँचपास गर्ने कर्मचारी निलम्बित

१०० किलो सुन तस्करी प्रकरणमा जाँचपास गर्ने कर्मचारी निलम्बित
अ अ+ अ-

काठमाडौँ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारीहरुलाई निलम्बित गरेको छ । विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निमलम्बन गरिएको जानकारी दिनुभयो ।

विभागको अनुसन्धान शाखाको निर्देशकको नेतृत्वमा उनीहरुसहित अन्य कर्मचारीमाथि पनि छानबिन गर्न समिति गठन भएको छ। सो समितिले सबै पक्षको अनुसन्धान गर्दै प्रतिवेदन दिने र प्रतिवेदनका आधारमा संलग्नता देखिएमा अन्य कर्मचारी पनि निलम्बनमा पर्ने खड्काले बताउनुभयो।

राजस्व अनुसन्धान विभागले अवैधरुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। सो क्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइँदा ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभागलाई क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौँ उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।