१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मत्स्यनारायण मेला’ आजदेखि सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।

यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम ९मलमास,अधिक० मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिनुभयो । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उहाँको भनाइ थियो ।

मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ । रासस




भर्खरै