३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन: रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’



अ+ अ-

काठमाडौँ।१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीत ‘भाईरल’भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन् ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुन:रेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुन: गरिएको छ । पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुन: स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायक-गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए । गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे । गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुन: चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताईन् ।

निर्देशक आचार्यले ‘कर्तव्य’ चलचित्रको समयमा पनि आफुले यो गीतको प्रचार-प्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए । भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् । प्रोडक्शन डिजाईन दिपेन गौतम ‘माईकल’ले गरेका छन् ।