६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथ मन्दिरमा मोबाइल लैजान नपाइने



अ+ अ-

एजेन्सी । भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ मन्दिरमा मोबाइल फोन निषेध गरिएको छ । भक्तजनले अब मन्दिर परिसरमा फोटो खिच्न वा भिडियो बनाउन पाउने छैनन् । बद्री–केदारनाथ मन्दिर समितिले यो निर्णय गरेको हो ।

केही दिन अघि एक महिला ब्लगरले आफ्नो प्रेमीलाई मन्दिरको अगाडि प्रपोज गरेकी थिइन् । भिडियो भाइरल भएपछि मन्दिर प्रशासनले असन्तुष्टि व्यक्त गरेको थियो । यस सम्बन्धमा मन्दिर समितिले यस्तो निर्णय गरेको हो ।

भक्तजनलाई पनि विनम्र पोशाक लगाएर मन्दिरमा आउन आग्रह गरिएको छ । यसका साथै मन्दिर परिसरमा पाल वा शिविर नराख्न पनि निर्देशन दिइएको छ । आदेश पालना नगर्नेलाई कानुनी कारबाही गरिने जनाइएको छ ।

मन्दिर परिसरमा विभिन्न स्थानमा बोर्ड राखिएको छ, जसमा मोबाइल फोन लिएर मन्दिर परिसरमा प्रवेश नगर्नू लेखिएको छ । यस्तै, ‘यहाँ फोटोग्राफी र भिडियोग्राफी पूर्ण रूपमा प्रतिबन्धित छ । तपाई सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ ।’ पनि लेखिएको छ ।

पछिल्लो समय मन्दिरको गर्भगृहमा जानुअघि नै भक्तजनको मोबाइल फोन बन्द गर्न आदेश जारी भएपनि अहिले मन्दिर परिसरमा नै मोबाइल निषेध गरिएको छ ।

यस धाममा नेपालबाट पनि थुप्रै भक्तजनहरु दर्शन गर्न जाने गर्दछन् ।




भर्खरै