८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पुरुष र महिला टोलीले एसियन गेम्समा सिधै क्वाटरफाइनल खेल्ने



अ+ अ-

एजेन्सी । एसियाली खेलकुद क्रिकेट प्रतियोगितामा भारतले पहिलो पटक आफ्नो टोली पठाउने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पुरुष र महिला दुवै टिमका खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । दुवै टोलीले क्वाटरफाइनलका रूपमा प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछन् ।

क्वाटरफाइनलपछि सेमिफाइनल खेल हुनेछ । यसरी फाइनलमा पुग्न दुवै टोलीले लगातार २ खेल जित्नुपर्नेछ ।

एसियाली ओलम्पिक कमिटीको नियम अनुसार आईसीसीको महिला र पुरुष दुवै विधामा एसियाको शीर्ष ४ टोलीलाई प्रत्यक्ष क्वाटरफाइनलमा प्रवेश दिइनेछ । भारतका दुवै टोली अहिले एसियामा शीर्ष स्थानमा छन् ।

एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्जाओमा हुनेछ । सबै क्रिकेट खेल झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ क्रिकेट फिल्डको मैदानमा खेलाइनेछ ।

महिलातर्फ १४ टोली र पुरुषतर्फ १८ टोलीको सहभागिता रहनेछ । टी–२० फर्म्याटमा खेलाइने प्रतियोगितामा एकै दिन २ खेल हुनेछन् । पहिलो खेल बिहान ९ः४५ बजे र दोस्रो खेल दिउँसो २ः४५ बजे हुनेछ ।

महिलातर्फ शीर्ष ४ टोलीले क्वाटरफाइनल खेल्नेछन् । बाँकी १० टोलीले छनोट चरण खेल्नेछन् । छनोटका ६ खेल १९ देखि २१ सेप्टेम्बरसम्म हुनेछन् । आईसीसी टी–२० वरीयतामा टीम इन्डिया एसियाको शीर्ष टोली हो, त्यसैले उसको खेल २२ सेप्टेम्बरमा हुनेछ । पाकिस्तान, श्रीलंका र बंगलादेश शीर्ष ४ टोलीमा परेकाले उनीहरुले पनि सिधै क्वार्टरफाइनल खेल्नेछन् ।

महिला क्रिकेट प्रतियोगिता सकिएपछि सेप्टेम्बर २८ बाट पुरुष तर्फका खेलहरु सुरु हुनेछन् । यसमा पनि शीर्ष ४ टोलीले सिधै क्वाटरफाइनल खेल्नेछन् । बाँकी १४ टोलीमध्ये ४ टोली छनोट चरणबाट क्वार्टरफाइनलमा पुग्नेछन् । अक्टोबर २ सम्म छनोट चरणका १० खेल हुनेछन् भने ३ अक्टोबर विश्राम दिन हुनेछ ।

अक्टोबर ४ र ५ मा ४ क्वाटरफाइनल खेल हुनेछन् । एसियाका शीर्ष ४ टोलीमा भारतबाहेक पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । त्यसकारण यी टोलीले पनि सिधै क्वार्टरफाइनल खेल्नेछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र चीनले छनोट चरण खेल्नेछन् ।

भारतको मेन्स स्क्वाडः
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे, प्रभसिमरन सिंह (विकेटकिपर) ।

वैकल्पिकः यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुडा र साई सुदर्शन ।

वुमन्स टोलीः हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, जेमिमा रोड्रिग्ज, दीप्ती शर्मा, ऋचा घोष (विकेटकीपर), अमनजोत कौर, देविका वैद्य, अञ्जली सरवानी, तितास साधु, राजेश्वरी मिनु गायकवाड, कनिका आहुजा, उमा क्षेत्री (विकेटकिपर) र अनुशा बरेडी ।

वैकल्पिकः हरलिन देओल, काशवी गौतम, स्नेह राणा, साइका इशाक र पूजा वस्त्रकार ।




भर्खरै