१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

बालकोट र टिकाथली जोड्ने पुल उद्घाटन

बालकोट र टिकाथली जोड्ने पुल उद्घाटन
अ अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकाले १ करोड ४८ लाख रुपैयाँ लागतमा भक्तपुर जिल्लाको बालकोट र ललितपुर जिल्लाको टिकाथली (चांगााथली) जोड्ने ढुंग्रे खोलामा पक्की पुल बनाएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ७ को पहलमा गत वर्षको पुसदेखि बनाउन शुरु गरिएको सो पुल सात महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो ।

विगतमा साँघुरो र एउटामात्र सवारी साधन चल्ने कच्ची खालको पुरानो पुल भत्काएर ९ मिटर चौडाईको पक्की पुल बनाएपछि भक्तपुरको कौशलटारदेखि बालकोट, चांगाथली हुँदै ललितपुरको पुरानो सांस्कृतिक शहर लुभुसम्म जाने बाटो छोट्टिएको छ ।

अब कौशलटारदेखि लुभुसम्म मोटरसाईकल या हलुका सवारी साधनमा १० मिनेटमै पुग्न सकिन्छ । यो सडक कौशलटारदेखि लुभु जोड्ने वैकल्पिक मुल सडक हो ।

नवनिर्मित पक्की पुलको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले शनिबार विहान रिबन काटेर उद्घाटन गरे भने उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन, सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले बोलेका थिए ।

१० मिटर लम्बाई तथा ९ मिटर चौडाई र ६० टन तौल क्षमताको सो पक्की पुलमा शनिबार उद्घाटन गरिएपछि हलुका सवारी साधन आगावमन खुल्ला गरिएको छ भने बढी तौलका ट्रिपर र ट्रक लगायतका सवारी साधन भने भदौ १ देखिमात्र चलाउन पाइने वडा कार्यालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष छिरिङ्ग लामा, २ का अध्यक्ष ध्रुव खत्री, ५ का अध्यक्ष कपिल केसी, ८ का अध्यक्ष धर्म श्रेष्ठ, ९ का अध्यक्ष जयकृष्ण बोगटी तथा १० का अध्यक्ष विजय लामा पनि उपस्थित थिए ।

सोही अवसरमा नगरप्रमुख श्रेष्ठले महालक्ष्मी नगरापलिका वडा नं ७ को चांगाथली क्लवदेखि वडा नं ५ को टिकाथली सिमानामा पर्ने गोदावरी खोलासम्मको ७ सय ७० मिटर लम्बाई तथा २२ फिट चौडाईको कालोपत्रे सडकको पनि उद्घाटन गरे । सो सडक महालक्ष्मी नगरपालिकाले हालै कालोपत्रे गरेको थियो ।