२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगो मूल्यमा आर्सनल भित्रिए राइस



अ+ अ-

एजेन्सी । आर्सनलले इंग्लिस मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गरेको छ । लण्डन क्लबले वेस्ट ह्यामका कप्तान राइसलाई १ सय ५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

२४ वर्षीय राइसले आर्सनलसँग ५ वर्षका लागि सम्झौता गरेका छन् । जसमा समय थप गर्न सकिने विकल्प समेत समावेश छ ।

उनी सर्वाधिक महँगा इंग्लिस खेलाडी समेत बनेका छन् । यसअघि यतिधेरै मूल्य तिरेर कुनैपनि इंग्लिस खेलाडीलाई क्लबले टिममा भित्र्याएको थिएन ।

वेस्ट ह्यामलाई गत सिजन युरोपा कन्फिरेन्स लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी यस समर ट्रान्सफरमा आर्सनलमा आउने तेस्रो मुख्य खेलाडी हुन् ।

आर्सनलले चेल्सीका जर्मन खेलाडी काइ हाभेट्र्जलाई ६५ मिलियन पाउण्ड र डच डिफेन्डर जुरिन टेम्बरलाई अयाक्सबाट ३८ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।

आर्सनल तेस्रो प्रयासमा राइस अनुबन्धनमा सफल भएको हो । वेस्ट ह्यामले यसअघि दुई पटक आर्सनलको प्रस्ताव अस्विकार गरेको थियो । म्यानचेस्टर सिटीले समेत राइस अनुबन्धनका लागि ९० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

गत सिजन आर्सनलले दोस्रो स्थानमा रहेर लिग सकाएको थियो ।