१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा चन्द्रयान–३ मिसन प्रक्षेपण



अ+ अ-

एजेन्सी । चन्द्रयान–२ को प्रक्षेपण भएको ३ वर्ष ११ महिना २३ दिनपछि भारतले चन्द्रयान–३ मिसन प्रक्षेपण गरेको छ ।

दिउँसो ठिक २ः३५ (भारतीय समय) बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट एलभीएम३–एम४ रकेटमार्फत चन्द्रयान–३ अन्तरिक्षमा पठाइएको हो ।

यदि यो मिसन सफल भयो भने भारत अमेरिका, रुस र चीनपछि यस्तो गर्ने चौथो देश बन्नेछ ।

चन्द्रयान–३ अन्तरिक्ष यानमा तीनवटा ल्यान्डरररोभर र प्रोपल्सन मोड्युल छन् । करिब ४० दिनपछि अर्थात २३ वा २४ अगस्टमा ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछन् । दुवैले १४ दिनसम्म चन्द्रमामा परीक्षण गर्नेछन् ।

प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्नेछ । मिसन मार्फत, इसरोले चन्द्रमाको सतह कति भूकम्पीय छ भन्नेबारे तथा माटो र धुलोको अध्ययन गर्नेछ ।

चन्द्रयान–३ आदिपुरुष फिल्मको बजेटभन्दा सस्तो
चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने हालै आएको फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो । अर्थात चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ सस्तो छ । यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।

चन्द्रयान–३ को प्रक्षेपण इसरोको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष देखाइएको छ ।