१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा लुम्बिनी प्रदेशको सह–संयोजकमा प्रकाश रिमाल मनोनित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका सहमहामन्त्री प्रकाश रिमाललाई लुम्बिनी प्रदेशको सह–संयोजकमा मनोनीत गरिएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री रिमाललाई जिम्मेवारी तोक्नुभएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।