३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

कोभिड बिरुद्ध आत्मबल बढाउन र सचेतना फैलाउन कार्यक्रम सुरु

कोभिड बिरुद्ध आत्मबल बढाउन र सचेतना फैलाउन कार्यक्रम सुरु
अ+ अ-

काठमाडौँ । लुम्बिनी विश्वबिद्यालयका पुर्व उपकुलपती डा. नरेशमान बज्राचार्य लगायतका धार्मिक अगुवाहरुले कोभिड १९ लाई जित्नको लागि सचेतना र आम नागरिकलाई आत्मबल बिकास गर्नुका साथै बालबालिकालाई उत्प्रेरणा दिने कार्यक्रम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोभिडले बाल मनोविज्ञानमा पारेको प्रभाव न्यूनिकरणका लागि धार्मिक गुरु तथा धार्मिक अगुवाहरूको भूमिका विषयक छलफल कार्यक्रम बिभिन्न धर्मका अगुवाहरुले आम समुदायलाई आशा र उत्प्रेरणा जगाउने कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

लुम्बिनी विश्वबिद्यालयका पुर्व उपकुलपती डा. नरेशमान बज्राचार्यले कोभिडका समयमा मेला तथा जात्रा, विवाह लगायत सबै कर्मकाण्ड रोक्नको लागि धर्मगुरुहरुले नै भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले आफुले मच्छेन्द्र नाथको जात्रालाई छोट्याउनको लागि भूमिका खेलेको बताउदै सबै धर्म गुरुहरुले मान्छे जम्मा हुने कुनै कर्मकाण्ड नगराउन आग्रह गर्नुभयो । 

बुद्ध जयन्ती, उभौली, गोरख जयन्ती र चण्डी पुर्णीमाका अवसरमा सबै धर्मका अगुवाहरुलाई एकै ठाउमा राखेर धार्मिक सद्भाव बृद्धि गर्ने र कोभिडका बिरुद्ध लड्ने उत्प्रेरणा बृद्धी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । वल्डभिजन इन्टरनेशनल नेपाल, निरन नेपाल, अकोराब र सीआईएनको सहकार्यमा भरच्युल माध्यमबाट भएको कार्यक्रममा बिभिन्न धर्मका धार्मिक गुरु तथा अगुवाहरू, बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका सय जना भन्दा बढि प्रतिनिधिको सहभागिता रहेको थियो । 

हिन्दु बिद्यापिठका संस्थापक चिन्तामणी योगीले कोभिड १९ का कारण बिद्यालय बन्द भएकाले अबिभावकहरुले बालबालिकालाई घरमा दैनिक तालिका बनाएर व्यवहारिक ज्ञान सिकाई व्यस्त बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको जस्तो अवस्था सधै नरहने भन्दै आशा जगाउने कार्यक्रम गर्न आफु तयार रहेको बताउनुभयो ।  

मनोपरामर्शकर्ता गोपाल ढकालले बाल मानोबिज्ञानमा त्रास फैलिएको र विद्यालय बन्द हुँदा अन्योलता बढेकाले उनीहरुका लागि आध्यात्मिक ज्ञान र उत्प्रेरणा दिने शिक्षा घरमै दिनु पर्ने बताउनु भयो । चिन्तामा रहेका बालबालिकालाई परामर्श दिने जीवन जगतको चक्रलाई बुझाउने काम परिवारका जेष्ठ सदश्य र धर्मगुरुहरुबाट गराउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा स्लाम धर्मका अगुवा इरफान पोखरेलले कोभिडको समयमा आफ्नो समुदायमा हुने वालविवाह रोक्नको लागि आफुहरु सजक भएको बताउनुभयो  ।

क्रिस्चीयन क्याथोलिक समुदायका अगुवा जस निरौलाले कोभिडको अहिलेको त्रासादिपूर्ण समयमा बालबालिका मात्रै होइन पौढहरुलाई पनि आफ्नो आफ्नो धर्मका अगुवाहरुले उत्साह र आत्मवल बढाउनको लागि भूमिका खेल्न सक्ने बताउनु भयो । थानकोटका बिद्यार्थी सोभा पराजुलीले बालिका र महिला माथि हुने हिंसा रोक्न धर्मगुरुहरुलाई आग्रह गर्नु भयो । किरात धर्मका गुरु तिर्थ राईले यस्तो बेलामा अबिभाबकले आफ्नो बालबालिकालाई प्रकृति चिन्न सघाउनु पर्ने भन्दै उभौलीको शुभकामना दिनुभयो । बालबालिकाहरुका लागि यो बेलामा उत्पे्ररणामुलक कार्यक्रम सीआईएन मार्फत गर्न  निरनका अध्यक्ष हर्स थापा, चिन्तामणी योगी, भिक्षु पीया दासी लगायत आग्रह गर्नुभयो । 

सबै धर्मका चाडपर्वका अवसरमा सबै धर्मका गुरुहरुलाई एकै ठाउमा राखेर सद्भाव बृद्धि र परिवर्तनका लागि संकल्प गराउने काम विगत वर्षदेखी सीआईएनले गर्दै आएको र आगामि दिनमा अझै धर्मगुरु र बालबालिकालाई जोड्ने कार्यक्रम सीआईएनले गर्ने सीआईएनका प्रवन्धक दीपक आचार्यले बताउनु भयो । इसाई धर्मका अगुवा इसुजंग कार्कीले कोभिडको समयमा बाहिर घुम्नु भन्दा पनि धार्मिक पुस्तकहरु पढ्ने गर्नाले अबिभाबकका साथै छोराछोरीको पनि पढ्ने बानिको बिकास हुने बताउदै त्यता तर्फ ध्यान दिन सबै अबिभाबकलाई आग्रह गर्नुभयो ।

कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले महासंघले अब सबै प्रकारका धार्मिक कार्य रोक्न र मठमन्दीरबाट फैलने संक्रमण रोक्न काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले बन्दाबन्दीको बेलामा विगतमा जस्तै यस पटक पनि बालविवाह हुन नदिन सबै धर्मगुरुलाई त्यस्तो कार्यमा सहभागि नहुन आग्रह गर्नु भयो । असोधाराका आचार्य डा. नम्रता पाण्डेले यस्तो समयमा बालबालिकालाई कलाकारिता र सकारात्मक कुराहरु मात्रै सिकाउनु पर्ने बताउनुभयो ।