२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलर र श्रीलंकन रुपीसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । यही असार २५ गते भिस्तारा एयरको उडानमार्फत काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका एक अमेरिकी नागरिकलाई अमेरिकी डलर र श्रीलंकन रुपीसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायले बताएको छ ।

विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको चेकजाँच गर्ने क्रममा अमेरिकी नागरिक केभिन विस्ली फिलिप्सलाई ३८ हजार अमेरिकी डलर दुई लाख ६९ हजार ३५० श्रीलंकन रुपी लुकाइछिपाई अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको विमानस्थलको प्रहरीले जनाएको छ ।

त्यसैगरी यही असार २६ गते एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका भारतीय नागरिक शिवमकुमार सैनीलाई सोही स्थानमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलर ९ हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको जनाइएको छ ।




भर्खरै