• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

राष्ट्रियसभाको बैठक बस्दै, बिनियोजन विधेयक पारित गरिने



फाईल फोटो

काठमाडौँ । राष्ट्रियसभाका बैठक आज बस्दैछ । बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकि पत्नी सीता दाहालको निधनपछि स्थगित भएको थियो ।

आज बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यसूची छ । आजैको बैठकमा खर्च कटौतीसम्बन्धी प्रस्तावलाई पनि बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची समेत छ ।

कार्यसूची अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख छ ।