३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

अक्सिजनको अभाव हुँदैन,सबै नागरिकलाई खोप दिलाउने अभियानमा छौंः राज्यमन्त्री मानन्धर

अक्सिजनको अभाव हुँदैन,सबै नागरिकलाई खोप दिलाउने अभियानमा छौंः राज्यमन्त्री मानन्धर
अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताउनुभएको छ । 

काठमाडौको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै मन्त्री मानन्धरले अक्सिजनको अभाव समाधान उन्मुख रहेको दाबी गर्नुभयो । महामारिको दोस्रो लहर उत्कर्षमा केही दिन पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधानउन्मुख भएको मानन्धरको दाबी छ । 

मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रीत भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरुसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताउनुभयो ।

 मन्त्री मानन्धरले जेठ तेस्रो साताभित्र  खोप आयातका लागि ठोस पहल भइसक्ने बताउँदै केही महिना भित्र सबै नेपालीलाई खोप लगाउनसक्नेगरी सरकारले पहल गरिरहेको दाबी पनि गर्नुभयो। मन्त्री मानन्धरले कोरोनाविरुद्धको अभियान अन्तरगत नेपाल दक्षिण एसियामै खोप लगाउने अग्रणी मुलुकमध्ये रहेको दाबी पनि गर्नुभयो । 

कोरोना महामारी नियन्त्रणमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपुर्ण रहेको बताउँदै मन्त्री मानन्धरले ७० वर्षे राजनीतिक कालखण्डमा बनेका सरकारमध्ये वर्तमान सरकार नै जनताप्रति सबैभन्दा जिम्मेवार देखिएको दाबी समेत गर्नुभयो । कोरोना महामारीले निम्त्याएको समस्या समाधानमा सरकारले सबै शक्ति प्रयोग गरेको बताउँदै मन्त्री मानन्धरले निषेधाज्ञाको पालना गरेर साथ दिन सर्वसाधारणलाई अपिल समेत गर्नुभयो । 

कोरोना संक्रमित र महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राज्यले बवश्यक सहयोग र समन्वय गर्ने बताउँदै मन्त्री मानन्धरले समस्यामा परेकाले जनप्रतिनिधिसँग सम्पर्क राख्न अनुरोध समेत गर्नुभयो । 

महामारी नियन्त्रण र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बेला केही राजनीतिक दल र नेकपा एमालेकै केही नेताहरुमा विचलन देखिएको बताउँदै मन्त्री मानन्धरले जनता पीडामा परेका विचलिन बनेकालाई माफी दिन नसकिने बताउनुभयो ।   

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिवद्वता जनाउनुभयो ।