१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ: उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भइ नेपाल फर्किएपछि मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरु ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरुले अग्र्यानिक चकलेटहरु बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’

भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।