३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रतिनिधिसभा विघटनको यथार्थ– मेरो दृष्टिकोण

प्रतिनिधिसभा विघटनको यथार्थ– मेरो दृष्टिकोण
अ+ अ-

संविधानको धारा ७६(३)अन्तरगतको सरकारमा जसपा तटस्थ रहनेहुदा वहुमतको सम्भावना नरहने स्थितिमा प्रमले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको, धारा७६(५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुनेभएका कारण जसपा प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइ पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेतावाट संयुक्तरुपमा  समर्थनको पत्र प्राप्त भएको ।

दलको प्रतिनिधित्व दलको नेतावाट हुने संसदीय परम्परा अनुसार नेकपा(एमाले)को १२१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त संख्या प्रदेशसभाको स्पष्ट वहुमत पुग्नेहुदा सम्माननीय प्रधानमन्त्रीवाट सरकारको पुनः नेतृत्वको दावी भएको, प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले पार्टी औपचारिक रुपमा विभाजन नभएको र वैधानिक रुपमा विभाजन हुनसक्ने अवस्था समेत नरहेको स्पष्ट हुदाहुदै नेकपा(एमाले)का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधामन्त्रीमा दावी गर्नु भएको, दुवैपक्षवाट धारा ७६(५)को प्रकृया स्विकार गरि प्रस्ताव प्रस्तुत भएको, दलिय हिसावले केपीशर्मा ओलीको दावी वलियो रहेको, तर उक्त प्रस्ताव अन्तरगतका केही सदस्यहरुको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको ।

देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै संख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति, नेकपा(एमाले) र जसपाका तर्फवाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरुलाई कार्वाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के कति संख्यामा कार्वाही हुने हो भन्ने कुरा एकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिवाट दुवै प्रस्ताव वहुमत पाउने सुनिश्चितता नरहेको महसुसगरी अस्विकृत भएको ।

 सम्माननीय राष्ट्रपतिवाट धारा७६(५)अन्तरगतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरु अस्विकृत भएको स्थितिमा धारा ७६९७० अन्तरगतको परिस्थिति स्वतः उत्पन्न भएको, यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपीशर्मा ओलीका कारणले नभइ धारा ७६(७)को वाध्यात्मक परिस्थितिका कारणले हुन गएको, प्रतिनिधिसभा पुनस्थापित हुने सम्वैधानिक र कानुनी आधार नभएको अवस्थामा विघटित  प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरुका तर्फवाट सर्वोच्च अदालतमा गएर दलिय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने काम भएको, प्रतिनिधिसभा पुनस्थापित हुदाको अवस्थामा नेकपा(एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरुलाई कार्वाही गर्दा देउवाजीको पक्षमा वहुमत नपुग्ने अवस्था रहेको, नेपालको संविधान दलिय प्रणालीमा आधारित रहेको र कानुनतः जननिर्वाचित प्रतिनिधिहरु पार्टी र दलको अनुशासनमा रहनुपर्ने वाध्यकारी व्यवस्था गरिएको ।

दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिसत सदस्यको समर्थन आवश्यक पर्ने वाध्यात्मक कानुनी प्रवन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको, यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन सम्वैधानिक र कानुनीरुपमा स्वभाविक देखिन्छ ।

राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनवाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुखप्रतिपक्षी दलका नेताहरुले समेत  पटक पटक स्विकार गरेको देखिन्छ । कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन सम्वैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपीशर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।

जहाँसम्म जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलिय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

तर नेपाली राजनीति सत्ता विरोधी मानसिकतावाट ग्रस्त भएका। कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो ।त्यर त्यसवाट नेपाली राजनीति नै वहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो ।

अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ । जनन्दोलनको जगमा ऐतिहासिक संविधानसभावाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरुलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु ।

-लेखक पोखरेल लुम्विनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ  ।