७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण



अ+ अ-

त्रिपोली, लिबिया । अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला ९मध्य त्रिपोली० मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

“आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ।“प्रतिनिधिसभा ९संसद्०ले फाथी बाशाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।

यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र “निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने।“ बताएका थिए ।उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो। लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो । (रासस–एएनआई-सिन्ह्वा)