१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने’



अ+ अ-

नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । 

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गर्नुभएको हो ।   

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । 

अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् । 

“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । 

कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उहाँले केन्द्रीय सरकारलाई पनि आग्रह गर्नुभएको छ । 

आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उहाँले बताउनु भएको छ । 

महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उहाँले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिनु भएको छ ।

फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ ।