२३ असार २०८३, मंगलवार
,
Latest
बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यी चार मुलुकमा नियमित उडान गर्ने



अ+ अ-

काठमाडौं । सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिनुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराउनुभयो । साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘फ्लाइटहरु बन्द भएका कारणले विभिन्न खालका कुटनीतिक प्रयासहरुबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भएपनि नियमित खालका उडानहरुलाई गरियो भने कम्तिमा त्यसमा अनियमितताहरु नहुनेकुरा, व्यक्तिहरुका विचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जानसक्छ भनेर हिजोको मन्त्रीपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौँ ।’

मन्त्री ढकालका अनुसार, ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टीननमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने छ ।

संकटमा परेका व्यक्तिहरु शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको स्वास्थ्यमन्त्री ढकालले बताउनुभयो ।




भर्खरै