२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणबादको ज्वलन्त उदाहरण: कमल थापा



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणबादको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाईप्रति कटाक्ष गर्दै सामाजिक सन्जाल ट्विटर मार्फत प्रधानमन्त्रीको भनाईले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको भन्दै उनले २०६३ पछिको धरातलिय यथार्थ समेत यहि भएको भन्दै दु: ख ब्यक्त गरेका छन् ।

उनले गरेको ट्विट यस्तो रहेको छ : ‘प्रितम सिंहबारे प्रचण्ड स: मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो’ प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ।तर,दु:ख को कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।