२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले तोक्यो ‘नवीन राप्रपा’ अभियानका लागि प्रदेश संयोजक



अ+ अ-

काठमाडौं । राप्रपाले संगठन बिस्तारका लागि सातवटै प्रदेशका संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा-२०८०’को कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोक्नुभएको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार वरिष्ठ नेतातथा उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक तोकिएको छ । यसैगरी वरिष्ठ नेता, तथा उपाध्यक्ष बुद्धिमान तामाङ्ग मधेश प्रदेश ,वरिष्ठ नेता, तथा उपाध्यक्ष बिक्रम पाण्डे -बागमती प्रदेश संयोजक तोकिनु भएको छ ।

यसैगरी वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुब बहादुर प्रधान गण्डकी प्रदेश संयोजक, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र – लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी -कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वब पौडेललाई सुदुरपश्चिम प्रदेश संयोजक तोकिएको श्रेष्ठले जानकारी दिनुभयो ।