६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले काँग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताउनु भयो । उहाँले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि काँग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली काँग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । प्रदेश सरकारमा मन्त्रीमण्डलमा राख्नुपर्ने २ सिट खालि छ, अब दलहरुको बीचमा केही नमिलेर अड्किएर बसेका छन् । त्यसमा सबै प्रदेशको समाधान गर्ने सल्लाह गरेका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या काँग्रेसको छ । त्यसैले, काँग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पु¥याउने जिम्मेवारी दिएका छौं ।’

कार्यवाहक अध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताउनु भयो । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेर सरसल्लाह हुन्छ । दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भने राज्यमन्त्री दिएर भएपनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ ।’

उहाँले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताउनु भयो ।