६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

हामीलाई सरकारमा जान नदिने प्रयास भइरहेको छः ओली

हामीलाई सरकारमा जान नदिने प्रयास भइरहेको छः ओली
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

‘देश समृद्धि होस्, जनता सुःखी रहुन्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ । सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताउनु भयो । ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गर्नुभयो ।

उहाँले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहो¥याउनु भयो । ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ती हुने गरेको बताउनु भयो । उहाँले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम शुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘कमसेकम के चाहीँ भन्नसक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता शुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपांगता भएका व्यक्तिहरु समेतको प्रबन्ध प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रवन्धमा मैले पु¥याएको छु आफैँले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरु खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रवन्धहरु, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढने प्रबन्ध, त्यो सुरु गराएँ ।

नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरुलाई विभिन्न संघ, संस्थाहरुसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रवन्ध गरिएको हो । र, नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो दुई लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लाईन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अब मध्यपहाडी राजमार्गबाट यही मंसीरको अन्त्यतिर पश्चिमबाट सुरु गरेर पूर्व पहाडैपहाडतिरबाट जाने यो योजना बनाएको थिए । र, मैले दुर्गम भन्दा दूर्गम ठाउँहरु नेपालको हिमाल पारीका गाउँहरु म घुम्न गएको छु । चाँहे मिली भ्याली होस् । चाहे रुवि भ्याली होस् । चाहे अरु ठाउँहरु हुन् । झापाको मात्रै कुरा होइन नि । म देशभरीका जनतालाई माया गर्छु ।

झापाको बाटो बनाउने कुरा होइन् म देशभरी बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरका देशभरका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरुलाइ मात्रै होइन, देशभरीका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाहीँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ । गर्दै जानुपर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला–कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन् नि । विजय मूर्तिजीले यो काम गर्नु भएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाई दिन सक्छन । अव के गर्नु हुन्छ ? परोलोक कसैले देखेको छैन । यसको कुरा नगरौं । तर, यो लोक बनाउनु पर्छ ।

यो लोकलाई बनाउनु पर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरु त्यसको बिरुद्धमा लाग्छन फेरि । तर, यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ती ।’

अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताउनु भयो । त्यस अवसरमा उहाँले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराउनुभएको थियो ।