६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यक्ता छैन: खिमलाल देवकोटा

नेपालमा तत्कालका लागि थप विश्वविद्यालयको आवश्यक्ता छैन: खिमलाल देवकोटा
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो दावी गर्नु भएको हो ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भिर हुुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । र, मैले पटकपटक यो संसदमा तीन तहका सरकारहरु छन । सरकारको कार्य क्षेत्रलाई स्पष्ट हुने गरी विधेयकहरु आउनु पर्‍यो । जस्केलाबाट विधेयक आउनु भएन भनेर मैले पटकपटक भनेको पनि छु । प्रदेशले पनि धमाधम विश्वविद्यालय बनाउने अनि नेपाल सरकारले पनि धमाधम विश्वविद्यालय बनाउने कामहरु नहोस् भन्ने मेरो अनुरोध हो । र, के, कति विश्वविद्यालय आवश्यक छ ? सबभन्दा पहिलो एउटा शिक्षा नीति ल्याऊ । अनि, उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याऊ । शिक्षा नीति, छाता ऐनलाई टेकेर विश्वविद्यालय थप आवश्यक छ भने बनाऔं भनेर मैले पटकपटक भनेको छु । अहिले त कस्तो भईदियो भने विश्वविद्यालय पनि च्याउ उम्रिदाझैं उम्रन थाले । सरकारले धमाधम त्यसरी विधेयकहरु ल्याउन थाल्यो । र, प्रदेशहरुमा पनि त्यही स्थिति छ । चाँहे प्रदेशले विश्वविद्यालय खोलून, चाँहे केन्द्रले विश्वविद्यालय खोलून ।’

‘सबैका लागि वित्तीय स्रोत, साधन भनेको एउटै हो । प्रदेशले विश्वविद्यालय खोलेपनि बजेट जाने भनेको नेपाल सरकारबाटै हो । अव यहाँ भएको विश्वविद्यालय यसैपनि धैरै छन । लथालिंग भद्रगोल छ । अव भर्खरै एउटा दैनिक पत्रिकाले ५३९ वटा जति कलेजहरु बन्द हुने अवस्थामा भए भनेर एउटा मूल समाचारनै छापेको छ । विद्यार्थीहरु नेपालमा प्लस टू गर्ने वित्तिकै विदेशिन थाले । अव यो विषयमा अलि गम्भिर पनि हुन पर्‍यो । र, मैले विशेष गरी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले संयुक्त रुपमा शिक्षा मन्त्रालयमा सहसचिवसहित संयुक्त रुपमा गरेको अध्ययनले यो विश्वविद्यालय आवश्यक छैन, जरुरी छैन । आवश्यक पूर्वाधार पनि पुगेको छैन । र, यो विश्वविद्यालयका लागि अहिलेसम्म एक धुर, एक आना पनि जग्गा छैन । भौतिक, वित्तिय कुनै पनि व्यवस्था छैन । त्यसैले यो अहिले आवश्यक छैन ।’

‘जरुरी छैन भनेर शिक्षा मन्त्रालयकै एउटा प्रतिवेदन छ । त्यसकारण हामीले यो पाटो हुर्नु पर्छ कि पर्दैन सभामुख महोदय । मैले भर्खर नेपाल सरकारको थिंक टयांक नीति अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा नयाँ विश्वविद्यालय स्थापना गर्नु भन्दा अगाडि यसको आवश्यक्ता र औंचित्यको बारेमा समग विश्लेषण गरी हाल भईरहेका विश्वविद्यालयहरुको क्षमता विकास र स्तरोन्नत्तिबाट पनि त्यो आवश्यक्ता पूर्ति हुन नसक्ने अवस्थामा मात्र नयाँ विश्वविद्यालय खोल्न सकिने सो अनुसन्धानको निष्कर्ष हो । यो नेपाल सरकारको थिंकटयांक हो सभामुख महोदय ।’

सांसद देवकाटाले वित्तिय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क समेत गर्नु भयो ।