२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या घटाइयो



अ+ अ-

एजेन्सी । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गर्नुभएको छ ।

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ । प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् ।

मस्कले शनिबार अपराह्न एक ट्वीटमा भन्नुभयो, “तथ्याङ्क प्रेषण (डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।” मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो ।

ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाउनुभएको छैन । मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गर्नुभएको थियो ।

अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताउनुभएको छ ।

मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।

मस्कले भन्नुभयो, “सयौँ सङ्गठनहरू (शायद अधिक)ले ट्वीटर तथ्याङ्कलाई अत्यन्त आक्रामक रूपमा प्रयोग गरिरहेका छन् र यसले वास्तविक प्रयोगकर्ता र उनीहरूको अनुभवलाई असर गरिरहेको छ ।”

“एआईको सञ्चालन शुरूवातमा रहेका वा केही ठूला कर्पोरेसनहरूसम्मले पनि विशाल मात्रामा ‘डेटा स्क्रैप’ गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

एआई क्षेत्रको तीव्र गतिसँग जुध्नुपर्ने ट्वीटर एक्लो सामाजिक सञ्चारमाध्यम भने होइन ।