१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको जम्बो टोली बालुवाटार पुगिसकेका छन् ।

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले उक्त कदम चालेको नगरप्रहरी प्रमुख पाण्डेले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो। अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

महागर प्रहरीका अनुसार अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने छ । लिलिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा विशेष अदालतमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ ।