२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाहले विकृति ल्याउँछ: कमल थापा



file photo
अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिंगी विवाहले समाजमा विकृति ल्याउने बताउनुभएको छ ।

सर्वोच्च अदालतले बुधबार समलिंगी विवाह वैधानिकता दिएपछि उहाँले सर्वोच्चको पछिल्लो आदेशको आलोचना गर्दै समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने बताउनुभएको छ ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानून बाधक रहेको भन्दै ब्लु डायमण्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङसहित ७ जनाले दिएको निवेदनमा बुधबार सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । साथै सर्वोच्चले यस सम्बन्धमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतको सो आदेशलाई लिएर सामाजिक सञ्जालमा लेख्नुभएको छ, “समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।