१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले बजेटको विपक्षमा भोट हाल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा रहे पनि प्रतिनिधिसभामा ६ जना सांसद रहेको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेसविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा सीके राउतले जानकारी दिनुभयो ।

देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयो ।

जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने उल्लेख गर्दै अध्यक्ष राउतले भन्नुभयो, “यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्त्वपूर्ण र ऐतिहासिक छ ।”

बोल्ने बेलामा एउटा अनि लोभलालचमा त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र अडान नभएका नेता सांसदले गर्दा देशको यो अवस्थामा आएको उहाँको भनाइ छ ।