२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६६ अङ्कले उकालो लागेर तीन सय ९९ दशमलव ११ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने आठ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

नेप्सेका अनुसार कूल एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता शेयर रु पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४२ करोड पाँच लाख ९९ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । सोल्टी होटल रु २७ करोड २६ लाख ९६ हजार, हिमालयन डिस्टिलरी रु २२ करोड ३७ लाख ९९ हजार सात सय १९ बराबरको शेयर कारोबार भएको छ ।

साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १५ करोड ४९ लाख ९६ हजार चार सय ६४ र नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ८६ लाख ३९ हजार तीन सय २६ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सिभिल लघुवित्त नौ दशमलव ९७ र माउण्टेन इनर्जी नेपालले शेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेको छ ।

सुपर मादी हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ९४, विन नेपाल लघुवित्तको छ दशमलव २५, मोलुङ हाइड्रोपावरको पाँच दशमलव १९, कालिञ्चोक दर्शन चार दशमलव ३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ । रासस