२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छ: योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ ।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए । सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो । उहाँले सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नु भयो ? भनि प्रश्न समेत गर्नु भयो ।

बुधबार प्र्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताउनु भयो । सचिव भट्टराईले भन्नु भयो, ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस् ।’

‘र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो । त्यसमा उभिनुस । त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौं नेपाली काँग्रेस, नेकपा एमाले । यस्ता ठूला राजनीतिक दलहरुले नै यस्ता बेथितिहरुको, दण्डहिनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ ? यदि तपाई–हामीनै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ । यो देश कर्ता जाँदैछ ? यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरुको दिएको साथहोस् । यदि हामीले त्यसमाथि खेलबाड गर्छौैैैैैै भने यो देश वास्तवमा गलत दिशातिर जान्छ । त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु सभामुख महोदय । ’

सचिव भट्टराईले जनताको विश्वासमाथि खेलबाड गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।