११ भाद्र २०८३, बिहीबार Thursday, August 27, 2026
११ भाद्र २०८३, बिहीबार
ताजा खबर
Bizline Nepal बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग Bizline Nepal बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग Bizline Nepal कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने Bizline Nepal वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष Bizline Nepal भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला Bizline Nepal पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” Bizline Nepal बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ Bizline Nepal रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग Bizline Nepal भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन Bizline Nepal भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन Bizline Nepal उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री Bizline Nepal गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा Bizline Nepal परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता Bizline Nepal बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? Bizline Nepal बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त Bizline Nepal बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह Bizline Nepal मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव Bizline Nepal पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा Bizline Nepal बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन Bizline Nepal भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर

अ+ अ-

झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतिसिलिण्डर रु १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उहाँले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताउनुभयो । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएकोे छ ।

मेचीनगर हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने

दैनिकरूपमा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको मेचीनगर नगरपालिकाले अब हप्तामा दुई पटक मात्र स्वाब सङ्कलन गर्ने भएको छ । नगरपालिकाले नगरमा कोभिड–१९ को सङ्क्रमितको दर घटेसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हप्तामा दुई पटक र एन्टिजेन परीक्षणका लागि चार दिन स्वाब सङ्कलन गर्ने भएको हो । 

नगरस्तरीय कोभिड सङ्क्रमण नियन्त्रण कार्यदलले आइतबार र बुधबार  मध्याह्न १२ देखि १ बजेसम्म पिसिआर र सोमबार र शुक्रबार सोही समयमा एन्टिजेन परीक्षणका लागि स्वाब सङ्कलन गरिने जनाएको छ । दुवै परीक्षणका लागि स्वाब सङ्कलन स्थल भने मेचीनगर–८ मा रहेको आदर्श माध्यमिक विद्यालय परिसरलाई तोकिएको छ ।