५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साकाको ह्याट्रिकमा इंग्ल्याण्डको सहज जित



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत इंग्ल्याण्डले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले नर्थ म्यासेडोनियालाई ७–० गोलले पराजित गरेको हो ।

इंग्ल्याण्डको वल्र्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन बुकायो साकाले ह्याट्रिक गरे भने ह्यारि केनले दुई तथा मार्कुस रासफोर्ड र केभिन फिलिप्सले एक–एक गोल गरे ।

२९ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा साकाले गोेल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा रासफोर्डको गोलबाट इंग्ल्याण्ड ३–० ले अघि बढ्यो ।

त्यसपछि खेलको ४७ औं र ५१ औं मिनेटमा साकाले गोल गर्दै ह्याट्रिक पूरा गरे । ६४ औं मिनेटमा फिलिप्सले गोल गर्दा इंग्ल्याण्ड ६–० ले अघि बढ्यो । यस्तै, ७३ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई ७–० को जित दिलाए ।

इंग्ल्याण्डको यो लगातार चौंथो जित हो । समूह ‘सी’मा टोली १२ अंकका साथ शीर्षस्थानमा रहेको छ । नर्थ म्यासेडोनिया ३ खेलबाट ३ अंकका साथ चौंथो स्थानमा रहेको छ ।