६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चीजहरू सिरानीमा राखेर सुत्दा तपाईंको स्वास्थ्य राम्रो हुन्छ



अ+ अ-

एजेन्सी । हरेक मानिसको यो चाहना हुन्छ कि उसको घरमा पैसाको कमी नहोस् । उसले गरेको मेहनतको पूरा फल मिलोस् । यसका लागि वास्तुशास्त्रमा केही यस्ता कुराको वर्णन गरिएको छ जसलाई सिरानीमा राखेर सुत्दा भाग्य मात्र बढ्दैन, राम्रो निद्रा पनि आउँछ । जसका कारण तपाईको स्वास्थ्य राम्रो रहन्छ ।

सुत्नुअघि सिरानीमा सुगन्धित फूल राखेर सुत्नुहोस् । यसले मानसिक शान्ति र राम्रो निद्रा दिन्छ । यसका साथै दाम्पत्य जीवनमा सुख पनि कायम रहन्छ ।

सुत्दा तकियामुनि लसुनको केही पोटी राख्नुपर्छ । यसले सकारात्मक उर्जा प्रवाह गर्छ र राम्रो निन्द्रा दिन्छ । सिरानी मुनि सौंफ राखेर सुत्दा राहु दोष कम हुन्छ र नराम्रो सपनाबाट पनि मुक्ति मिल्छ । यसका साथै मानसिक समस्याबाट मुक्ति मिल्छ ।

आइतबार सुत्दा एक गिलासमा दूध लिनुहोस् र सिरानीमा राखेर सुत्नुहोस् । बिहान उठेपछि नुहाएर बबुलको रुखको जरामा दूध हाल्नुहोस् । यसो गरेमा धन सम्बन्धी समस्याहरु हट्न थाल्छन् ।

जसलाई निद्रामा समस्या छ, उनीहरुले हरियो अलैंची सिरानीमुनि राखेर सुत्नु पर्छ । यसले मानिसलाई गहिरो निन्द्रा लिन मद्दत गर्छ । सुत्दा आफ्नो सिरमा तामाको भाँडो पानीले भरेर राख्नुहोस् । त्यसलाई बिहान रुख वा बिरुवामा हाल्नुहोस् । यसो गर्नाले स्वास्थ्य लाभ हुन्छ ।