२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँसँगै पोखरामा पनि हिन्दी चलचित्र नचल्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ ।

आइतबार सिनेमा घरलाई पत्र लेख्दै उहाँले आदीपुरुष चलचित्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुन नदिने स्पष्ट पार्नुभएको हो ।

काठमाडौँका प्रमुख बालेनको घोषणापछि आज काठमाडौँ महानगर अन्तर्गतका कुनै पनि सिनेमा घरले हिन्दी चलचित्रको टिकट काटेका छैनन् । यसअघि महानगरले उक्त गल्ती सच्याउन तीन दिनको समय दिएको थियो ।