६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अली, नेपाल– पाकिस्तान मैत्री तथा संस्कृतिक सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले संयुक्तरुपमा गर्नुभयो ।
कार्यवाहक राजदूत अलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनुले दुई देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिविम्बित भएको बताउनुभयो । उहाँले शिविर सञ्चालनका लागि नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने समेत बताउनुभयो ।
शिविरमा पाकिस्तानमा अध्ययन गरेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले निःशुल्क सेवा उपलब्ध गराउनुभएको थियो । सो अवसरमा चार सयभन्दा बढी महिला तथा बालबालिकालाई तीन महिनाका लागि निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।रासस