२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको खर्च एक रुपैयाँ राख्ने प्रस्ताव के हो ?



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल सुरु भएको छ । मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरुको छलफलका क्रममा केही सांसदहरुले सम्बन्धित मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भनि खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ ।
गत शुक्रबार सांसद दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सांसद बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सांसद प्रेम सुवालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस भन्ने प्रस्ताव राख्नुभएको थियो ।
त्यसैगरी आज बस्ने बैठकमा पनि सांसदहरु लिलानाथ श्रेष्ठ, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले पनि मन्त्रालयगत अनुसार सोही प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ ।
सांसदहरुले किन एक रुपैयाँ नै कायम गर्न प्रस्ताव गर्नुभएको छ त ? प्रतिनिधिसभा नियमावलीमा यसप्रकारको व्यवस्था गरिएको छ ।
उक्त नियमावलीको नियम १४३ मा तीन प्रकारका प्रस्ताव प्रस्तुत गर्न सकिने उल्लेख छ । क) शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस, ख) शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस वा ग) शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस भन्ने प्रस्ताव पेश गर्न सकिन्छ ।
यसप्रकारको प्रस्ताव सांसदहरुले नीतिमाथिको असहमति प्रकट गर्नु भन्ने बुझिन्छ ।