६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले कानूनी रुपमा सञ्चालन नभएको २ स्वास्थ्य संस्थामा लगायो ताला



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले कानूनी रुपमा सञ्चालन नभएको दुई वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ ।

अनुगमनका क्रममा अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि तालबन्दी गरिएको महानगरका मेयर बालेन शाहले जानकारी दिए।

महानगरपालिकाले यसअघि जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, उक्त सेवा नदिएको पाइएपछि महानगरले तालबन्दी गरेको हो ।

साथै, तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरले स्वास्थ्य विभागलाई निर्देशन दिएको छ ।मेयर शाहले
लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको स्पष्ट पारे। उनले सबैको पहुँच स्थापित हुने गरी सुधार नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।

https://www.facebook.com/balenOfficial/posts/821078769384380?ref=embed_post