९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइयो– रवि लामिछाने

नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइयो– रवि लामिछाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले लामिछानेले आफ्नोे पार्टी जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताउनुभयो ।

विधेयक संसद्मा आएको भए छलफल गरेर स्वामित्व लिन सकिने थियो भन्दै उहाँले भन्नुभयो, “न बाटोबाट प्रमाणीकरण भयो जम्मा विमति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौँ ।”

उहाँले भन्नुभयो, “जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ ।”

सांसद लामिछानेले वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको बताउनुभयो । उहाँले नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको प्रति आपत्ति जनाउनुभयो ।

“नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायका विरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ”, उहाँले भन्नुभयो, “त्यसो गर्नेहरूलाई म यति मात्रै भन्न चाहन्छु कि राजनितिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटरब्याज समस्याका विषयमा मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ ।”

जनतामा भ्रमित हुने गरी जबर्जस्ती रास्वपाविरुद्ध अफवाह फैलाइएको उहाँले आरोप लगाउनुभयो ।

नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा आफूलाई राम्रोसँग जानकारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ, साँच्चै नै थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन ।”

वैवाहिक अंगीकृत विषयमा मौन रहेका हुनाले नागरिकताका विषयमा छलफल चलाउन खोजिएको उहाँको भनाइ थियो । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस लाग्ने उहाँले बताउनुभयो ।