७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी : अभियुक्तका तर्फबाट बहस आज पनि जारी रहने



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको तर्फबाट आज पनि बहस जारी रहनेछ । अभियुक्तका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो ।

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । साथै आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।

केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका थिए । भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरू विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्तरूपमा अधिवक्ताहरू विनोद शर्मा, चुडामणि पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।

सरकारी वकिलले मंगलबार आफ्नो बहस सकाएका थिए ।