९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो
अ अ+ अ-

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । उहाँलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको निमन्त्रणा स्वीकार गर्दै संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनुहुनेछ । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।

“संयुक्त राज्यको प्रतिनिधिसभा र संयुक्त राज्य सिनेटको द्विदलीय नेतृत्वको तर्फबाट, तपाई ९प्रधानमन्त्री मोदी० लाई बिहीबार जुन २२ का दिन कङ्ग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्न आमन्त्रित गर्नु हाम्रो लागि सम्मानको कुरा हो,”सभामुख केभिन म्याकार्थी, सिनेट बहुमतका नेता चक शुमर, सिनेट रिपब्लिकन नेता मिच म्याककोनेल र हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिजले हस्ताक्षर गरेको आमन्त्रणपत्रमा लेखिएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गर्नुभएको छ । यद्यपि राजकीय भ्रमणका निम्ति उहाँलाई पहिलो पटक निमन्त्रणा गरिएको छ । अमेरिकाका नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने प्रचलन छ ।