२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

अमेरिकाको एटलान्टाबाट ‘ब्याक टू नेपाल’ अभियान प्रारम्भ – फोटो फिचर

अमेरिकाको एटलान्टाबाट ‘ब्याक टू नेपाल’ अभियान प्रारम्भ – फोटो फिचर
अ अ+ अ-

अमेरिका । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले ‘ब्याक टू नेपाल’ अभियानको सुरुवात गर्नुभएको छ । अमेरिकाको एटलान्टाबाट सुरु भएको साईकल यात्रा ५० बटै राज्यमा पुगेर ब्याक टू नेपालको सन्देश प्रवाह गर्ने तयारी गरिएको छ ।

शाहलाई एटलान्टाबाट जुम्ला घर भै हाल जर्जिया बस्दै आउनु भएकी गोरी रोकायले टिका तथा सगुन सहित बिदाई गर्नुभएको छ । शाहलाई मार्टिन लुथर किङ सेन्टरका मिडिया प्रमुख म्यारी ह्याडी,नेप्लिज एसोसिएशन अफ जर्जियाका सस्थापक सिके पराजुली, नेप्लिज एशोसिएसन अफ जर्जिया अध्यक्ष विनोद थापा, एनआरएनका फोकल पर्सन दिलिप बाँनिया ,एनआरएन जर्जियाका पूर्ब अध्यक्ष मोहन तिमिल्सीना तथा एनआरएनका प्रतिनिधी कपिल वाग्ले, कृष्ण पराजुली लगायतले बिदाई गर्नुभएको थियो ।

शाहलाई केही समय सम्म दिपेन्द्र थापा,राजेश मानन्धर, बिभाश गेलालले साईकल यात्रामा साथ दिने भएका छन् ।एटलान्टाबाट साईकल यात्रामा निस्केका शाहलाई अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपालीहरुले साईकल यात्रा मार्फत साथ दिनेछन् ।

नेपाल इतिहासकै गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा परेका वेला जुन १ तारिकबाट अमेरिकाको एटलान्टाबाट ब्याक टू नेपालको साइकल-यात्रा सुरु गरिएको शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘इतिहासमा कोही न कोहीले एउटा समय सुरुवात गर्नैपर्ने यो अभियानलाई हामीले हाम्रो काँधमा लिएका छौं र अब निरन्तर संसारका चोकचोकमा पुगेर नेपाली सन्तानहरुलाई भन्नेछौं । सक्नुहुन्छ तपाईं-हामी स्वयम् नेपाल फर्कौं, सक्नुहुन्न जे सक्नुहुन्छ त्यो नेपाल फर्काऔं ।”अभियानले बिदेशमा रहेका नेपालीलाई सीप, शिक्षा, लगानी, प्रविधि, सम्मान, अनुभव, माया देशका लागि उपयोग गर्न आग्रह गरिने उहाँले जानकारी दिनुभयो ।

अभियानमा एक सदस्य तथा संञ्चारकर्मी प्रेम बानियाँका अनुसार यो ‘ब्याक टू नेपाल अभियान शान्तिपूर्ण ‘स्वाभिमान विद्रोह हो ’ यो देशभित्र अनि बाहिर एक साथ जाग्दैछ । उहाँले अभियानबारे भन्नुभयो ‘देशपरिवर्तनको सपनालाई हामीले नै सम्भव बनाउने हो । त्यसैले हामी संसारका हरेक कुनामा रहेका नेपाल आमाका सन्तानहरुलाइ यो आह्वान गर्दैछौं ब्याक टू नेपाल । अभियानका अनुसार चरम राजनीतिक अस्थिरताका कारण देशको आर्थिक, सामाजिक र चारित्रिक संकट निकै गहिरिएको छ ।”

अभियानले भनेको छ देशको कार्यपालिका, न्यायपालिका र संसदीय अंगहरु अत्यन्त कमजोर र डरलाग्दो असन्तुलनमा छन् ! लाखौंलाख युवाशक्ति परदेशिएको छ र देशभूमि बाँझै छ ! चाहेर पनि यो अत्यासलाग्दो जनशक्ति पलायन कसैले कहिँबाट रोक्न सकेको छैन ! देशको आर्थिक अवस्था अत्यन्त कमजोर बन्दा यसले चौतर्फी असर गाडेको छ । इतिहासमा यस्तो अकल्पनीय समय पनि आयो मुलुकमा कि आफ्ना सन्तानहरुलाई विदेश पठाएर तिनले पठाएको रेमिट्यान्सबाट घरखर्च चलाउनु पर्ने परिस्थिती छ ! सन्तानलाई स्वदेशमै कर्म दिन नसकेर खर्च चलाउन अर्काको देश धकेल्नुपर्ने यति डरलाग्दो समय शायदै इतिहास थियो । यस्तो समय अझ धेरै वर्ष लम्बियो भने देशले कल्पना नै गर्न नसक्ने गरी आफ्ना सन्तानहरुलाई गुमाउने छ र देश पुनर्निमाणको सम्भावना अत्यन्त कमजोर हुनेछ ! त्यसैले समयमै सचेत भएर हामीले आफ्नो मातृभूमिका लागि यो पहलकदमी लिएका हौं । देशपरिवर्तनको सपनालाई हामीले नै सम्भव बनाउने हो । त्यसैले हामी संसारका हरेक कुनामा रहेका नेपाल आमाका सन्तानहरुलाइ यो आह्वान गर्दैछौं ब्याक टू नेपाल ।

अभियानका अनुसार आआफ्ना फरकफरक परिस्थिती, बाध्यता र रहरले आज लाखौं नेपालीले देश छाडेका हुन् । तर, यो परिस्थितीलाई कसै न कसैले आफ्नो जिम्मेवारी मानेर देशरक्षार्थ एक ऐतिहासिक अठोट गर्न जरुरी थियो, छ र हामी यो कर्म गर्दैछौं । संसारमा आज समृद्ध देशहरुको यथार्थ पनि यस्तै नै थियो जस्तो कि मलेसिया, आजको जापान, कोरिया वा भारतले आज चलाइरहेको अभियान । छरिएर रहेका आफ्ना सन्तानहरुलाई आह्वान गरेर एक पटक मातृभूमि निर्माणमा नलगाउने हो भने देश कहिल्यै बन्दैन । सके सन्तानहरु स्वदेश फर्किउन्, सकेनन् यदि भने तिनले के सक्छन् त्यही स्वदेश फर्काउने पवित्र संकल्प हो यो अभियान । ब्याक टू नेपाल आह्वान गर्दछ विदेशमा सिकेको सिप, शिक्षा, प्रविधि, लगानी के सकिन्छ त्यो स्वदेश फर्काउँ । देशप्रतिको माया फर्काउँ, देशप्रतिको सम्मान फर्काउँ, सिप, शिक्षा, ज्ञान, विवेक, जे छ तपाईंसँग त्यसलाई फर्काउँ । आमा जन्मिएको माटो, तपाईं जन्मिएको भूगोल संकटमा परेका वेला तपाईंले केही पनि दिनसक्नु भएन भने देशको आत्मा रुनेछ ! त्यसैले यो अभियान तपाईंले आफ्नो मातृभूमिलाई गुण फर्काउन सहयोगी बन्नेछ । के यस्तो वेला हामी सँगसँगै एकसाथ यो अभियानमा नहिड्ने ? आउनुहोस् हातेमालो गरौं । देशले हामीलाई पहिचान दियो, धर्मसँस्कार, चरित्र र स्वाभिमान दियो हामी देशलाई अप्ठेरो परेको वेला अब केही दिऔं ।

अभियानले ७ ओटा बुँदा अघि सार्दै साईकल यात्रा सुरु गरेको जनाएको छ । जसमा देश र नागरिक समृद्धिका लागि , आत्मनिर्भरता र स्वाभिमान बलियो बनाउनका लागि ,धर्मसँस्कृति सम्वद्र्धन र प्रवद्र्धनका लागि ,अत्याधुनिक विकासका लागि ,स्वदेशी उद्योग पुनर्जीवन र नयाँ उद्योग स्थापनामार्फत् स्वदेशमै रोजगारीको अवसर निर्माणका लागि , जनशक्ति पलायन निरुत्साहित गर्नका लागि र सम्पूर्ण परिवर्तनका लागि रहेका छन् ।