• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने

लिबियाको राजनीतिक संकटबारे महासचिव गुटरेसको आग्रह



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा पछिल्लो समयमा राजनीतिक संकट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन सम्पन्न हुन नसकेकाले यहाँ राजनीतिक संकट चुलिँदै गएको छ ।

संयुक्त राष्ट्रसंघले यहाँ राजनीतिक संकट थप गहिरिन नदिनका लागि सबै पक्षहरुसँग छलफल चलाएको बताइएको छ । गएको डिसेम्बरको पूर्व निर्धारित समयमा राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न नसकेपछि यहाँ राजनीतिक स्थयित्वको प्रश्न उठेको छ ।

अहिलेको सरकार र संसदको वैधानिकता माथि पनि प्रश्न उठेको बताइएको छ । त्यसैले यहाँको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने भन्दै यहाँका सबै राजनीतिक दलहरुलाई महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो । (रासस-सिन्ह्वा)