५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु भएको छ ।

जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङ र उनको छोराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरमा घाँस काट्न जाँदा २ वर्षीय छोरा लडेपछि छोरालाई उद्धार गर्ने क्रममा उनी पनि भिरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनायो। उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको छ ।

करिब ४ घण्टापछिको उद्धार गरी उनलाई मलेखु टिचिङ अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले आमा र पेटमा भएको बच्चा दुबैलाई मृत घोषित गरेको थियो ।