३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यअनुसार आएन वैदेशिक सहायता



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको बताउनुभयो ।

“सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ रु ३८ अर्ब ४६ करोड अनुदान र ऋण रू १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान राखेको छ ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री उहाँले बताउनुभयो । चालु आवमा वैदेशिक सहायतातर्फ रू ५५ अर्ब ४६ करोड अनुदान र रू २ खर्ब ५६ अर्ब ऋण उठाउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित बजेट ल्याइएको अर्थमन्त्री महतले बताउनुभयो ।