५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने हुन्छ: मन्त्री किराती



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताउनु भएको छ ।

ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताउनु भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताको दवावमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताउनु भयो । मन्त्री किरातीले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले भ्रष्टाचारको विरुद्ध लाग्नै पर्दछ । हिजो हामी सुन्थ्यौं–ठूला माछाहरु छ नेपालमा ।

यी ठूला माछाहरु समाउन सकिएका छैनन् । भ्रष्टाचारको कुरा ्गर्‍यो भने खोल्साखाल्सीमा रमाउने गंगटो, भ्यागुता र चेपाहरु मात्रै पक्रन्छन । ठूला माछाहरु उम्किन्छ भन्थे । जनताले घरघरबाट, मोवाइलहरुबाट गरेको दवावले आज डल्फिनहरु प्नि समाइएका छन । तर अझै हामीले खोज्नु छ । ती डल्फिनका बाबा, आमाहरु कहाँ होलान ? ती डल्फिनलाईं जन्माउने बाबा, आमाहरु कुन चाँही नदीको, कुन चाँही समद्रको क्रूमा बसेका होलान ? तिनका बोसहरु के गर्दै होलान ? तिनीहरुलाई पनि हामीले बत्ति बालेर खोज्नु छ । अव हामीले यो भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने, युद्ध छेडने, समृद्ध नेपालको निम्ति संकल्प गर्ने अनि मात्रै शहीदले देखाएको बाटोमा हाम्रा पाईलाहरु अगाडि सर्न सक्छ । अन्यथा शहीदको बलिदानबाट आएको यो व्यवस्थाको रक्षाका लागि यसका विरुद्धमा लडन सकेनौ भने शहीदमाथि अपमान हुनेछ ।’

त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।




भर्खरै