२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भन्नुभयो, “संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन सकेको छैन ।

“तपाईंहरुले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उहाँले भन्नुभयो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मनोनयन भए पनि सभापित चयनको प्रक्रिया अझै सुरु भएको छैन ।