१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौँमा शुरु



अ+ अ-

काठमाडौँ । नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौंको पार्क भिलेजमा शुरु भएको छ ।

भारत, चिन, कोेरिया, जापान, बङ्गलादेश र नेपालका करीब तीनसय रसायनशास्त्रसँग सम्बन्धित वैज्ञानिकहरु सहभागी उक्त सम्मेलनमा विभिन्न ६ वटा बिधाका खोज अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत भइरहेका छन ।

दिगो विकासका लागि रसायनशास्त्र भन्ने मुख्य प्रकरणका साथ शुरु भएको सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री एन.पीं साउदले गरेका थिए । सम्मेलनमा शुक्ष्म प्रविधि, पदार्थ विज्ञान, वातावरण रसायनशास्त्र लगायतका बिधामा आधारित विभिन्न वैज्ञानिक खोजमुलक अनुसन्धानात्मक कार्यपत्रहरुको प्रस्तुती र छलफल भइरहेको कुरा आयोजक संस्थाका अध्यक्ष सह.प्रा.डा.सुरेन्द्र कुमार गौतमले जानकारी दिए ।

सम्मेलनमा वातावरणीय प्रदुषणले निम्त्याउने स्वास्थ्य समस्या नियन्त्रणमा रसायनशास्त्रीहरुको भुमिका बिषयक समूहगत छलफलको पनि आयोजना गरिएको थियो । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधी राजाराम पोटे श्रेष्ठ, बैज्ञानिक डा. बसन्त गिरी, नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी एकदेव खनाल, त्रि.वि.की प्राध्यापक डा.रेजीना मास्के, यु.एस.एड. नेपाल प्रतिनिधी श्रृषा नन्ख्वा र जनस्वास्थ्यविद रीतीका के.सी. सहभागी थिए ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनले जारी गर्ने काठमाडौँ घोषणापत्र २०२३ को लेखन जिम्मेवारी संस्थाका महासचिव सह.प्रा.डा. महेश कुमार जोशीले पाएका छन् । कार्यक्रममा रहेका लगभग २५० वटा अनुसन्धानात्मक कार्यपत्रहरुको प्रस्तुतीकरणको सहजीकरण नेपाल केमिकल सोसाईटीका सचिव डा. सन्तोष खनालले गरेका छन् ।