६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकबारे प्रधानमन्त्रीको गोलमटोल नीति– मञ्जु शर्मा अन्सारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीले नागरिकता विधेयकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोलमटोल नीति लिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा नागरिकता विधेयकबारे बोल्दै उहाँले भन्नुभयो, “अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो ।”

नागरिकताबिना गोडा सार्न समेत अप्ठ्यारो हुने अवस्था रहेको उहाँको भनाइ थियो । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको/नपाएको भन्दै उहाँले यो देशमा यो कस्तो बिडम्बना हो भनी प्रश्न गर्नुभयो ।

जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन र जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिलाउन उहाँले माग गर्नुभयो ।