४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण

शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गर्नुभयो । सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तेजुलाल चौधरी तराई–मधेस आन्दोलनपछि सुझाव सङ्कलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गर्नुभयो ।

सांसद दामोदर पौडेल वैरागीले अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग स्थानीय गैरसरकारी संस्थाले मनपरी खर्च गरेको भन्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गर्नुभयो । सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गर्नुभयो । सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गर्नुभयो । सांसद दीपकबहादुर सिंहले मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना र रोपवे सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद देवेन्द्र पौडेलले बागलुङमा विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठाकुरप्रसाद गैरेले पाल्पामा विद्युत्को समस्याका कारण खानेपानीको समस्या भएको बताउँदै नियमित आपूर्ति गरी लोडसेडिङ अन्त्यको माग गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद निर्मला कोइरालाले पर्सामा रहेको वीरगञ्च चिनी कारखाना पुनस्सञ्चालनका लागि आगामी बजेटमा व्यवस्था गर्न माग गर्नुभयो । सांसद निशा डाँगीले गाउँमा किसानका दूधले बजार नपाएको बताउँदै ठूला सहरमा भारतबाट दूध आयात गर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निस्शुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताउनुभयो । सांसद पुष्पबहादुर शाहले अछाममा विगतको बाढीपहिरोबाट पीडितको तत्काल पुनस्स्थापना गर्न माग गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले ढोरपाटन सिकार आरक्ष क्षेत्रका जनताका समस्या समाधानका लागि आग्रह गर्नुभयो । सांसद प्रकाशमान सिंहले पैदलयात्री मैत्री बाटो नहुँदा दुर्घटना बढेको बताउँदै तत्काल नयाँ बानेश्वरको आलोकनगर–प्रयागमार्ग जोडने आकाशेपुल निर्माण गर्न माग गर्नुभयो ।

सांसद प्रतिक्षा तिवारीले जनकपुरलगायत क्षेत्रमा खानेपानीका मुहान सुक्न लागेको बताउँदै सामाधानका लागि सरकारसँग माग गर्नुभयो । साथै उहाँले सरकारी कार्यालय आफ्नै भवनमा राख्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रदीप पौडेलले हरेक प्रविधिमा इन्टरनेटको आवश्यकता भए पनि त्यसको गुणस्तर र नियमितता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद प्रदीप यादवले मधेस प्रदेशको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि केही अभियन्ता काठमाडौँसम्म पैदलयात्रामा हिँडेको बताउँदै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभु साहले रौतहटको सिँचाइ आयोजनामा बजेट छुट्याउने तर समयमै निर्माण नगर्नेलाई कारबाही गर्न माग गर्नुभयो । सांसद प्रेमबहादुर महर्जन मच्छेन्द्रनाथको मन्दिर र सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्बन्धमा ठूला नेताका सार्वजनिक अभिव्यक्तिको सत्यतामाथि सरकारको ध्यान जानुपर्ने बताउँदै सो प्रकरणमा आरोपी सबैमाथि छानबिन गर्न माग गर्नुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले दाङमा किसान बाबुराम चौधरीको समाचार सम्बन्धमा ध्यानाकर्षण गराउँदै किसानका बिक्री हुन नसकेका उत्पादन सरकारले खरिद गर्ने तथा भण्डारण गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद बलराम अधिकारीले ऊखु किसानले मूल्य नपाएपछि आन्दोनलन गर्दै आएको र सो बेला भएको सम्झौता कार्यान्वयन नभएपछि अहिले किसानले माइतीघरमा पुनस्आन्दोलन गर्नुपरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद वसन्तकुमार नेम्वाङले तमुर क्षेत्रमा ११ वर्षदेखि पुलको निर्माण भइरहेको र हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै शीघ्र निर्माणको माग गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले सार्वजनिक जग्गा र पार्कको दिगो व्यवस्थापनका लगि आवश्यकताअनुसार भौतिक संरचना बनाउन तथा दिगो व्यवस्थापन का लागि कानुन बनाउन माग गर्नुभयो ।

सांसद विनिता कठायतले कर्णालीमा धेरै कलासंस्कृति सम्पदाका धरोहर भए पनि त्यसलाई विश्वसम्पदा सूचीमा राख्नका लागि नीति तथा कार्यक्रममा कुनै योजना नआएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस